एक जोडी कैला आँखाहरू

एक जोडी कैला आँखाहरू:—

ती एक जोडी कैला आँखाहरू
अनि, फेयर एन्ड लभ्ली पोतिएका छाला
सुनेको थिए कैला आँखा हरूका भर अनि विश्वास हुन्नन्

मैले भने मेरो पूर्ण जीवन तिनै एक जोडी कैला आँखाहरू लाई सुम्पिएको थिए
हो रहेछ मैले तिनै कैला आँखाहरू बाट धोका पाए
हो रहेछ मैले तिनै कैला आँखाहरू बाट घात खाए

तिनै कैला आँखाहरू सँग बर्सौँ बिताए पनि
तिनले मलाई कहिल्यै चिन्ने कोसिस समेत पनि गरेनन्
न त कोसिस नै गरे “म के हु” भनेर चिन्न नै पनि

आखिर ती आँखाहरू मात्र स्वार्थ भरिएका रहेछन्
मेरो जीवनमा त केवल आफ्ना इक्च्या पूर्ति को लागि भित्रिएका रहेछन्
त्यसैले ती एक जोडी कैला आँखाहरूले सधैँ घृणा भाव नै ओकली रहे 

ती एक जोडी कैला आँखाहरूका कहिल्यै  विश्वास हुँदैन
ती एक जोडी कैला आँखाहरूका कहिल्यै भरोसा हुँदैन
ती कैला आँखाहरू धोका र तिरस्कारका पर्याय मात्र हुन्

ती एक जोडी कैला आँखाहरूलाई जति माया दिए पनि
ती एक जोडी कैला आँखाहरूलाई जति विश्वास गरे पनि
ती कैला आँखाहरूलाई कहिल्यै न खुसी न तृप्त पार्न नै सकिएछ

वास्तवमा, ती एक जोडी कैला आँखाहरू खुसी वा तृप्त हुन् बनेका नै थिएनन्
ती एक जोडी कैला आँखाहरू त धोका दिन कुरेर बसेका पो रहेछन्
ती जोडी कैला आँखाहरू त दर्जनौँ जिन्दगी सँग खेलबाड गर्न रचिएका पो रहेछन्     
   
ती एक जोडी कैला आँखाहरू
ती एक जोडी कैला आँखाहरू
नाचिरहे, हाँसिरहे, मस्तिरहे तिमीहरू यही छ चाहना

ती एक जोडी कैला आँखाहरूले कहिल्यै दुख नपाउन
ती कैला आँखाहरूले सधैँ खोजे झैँ मोज मस्ती गर्न पाउन
ती एक जोडी कैला आँखाहरूले छम छम नाच्न पाई रहुन्

ए! एक जोडी कैला आँखाहरू नबिर्सिए
कसैले नचाहेर पनि घडी त घुमी नै रहन्छ
गएको बिन्दु फर्केर फेरि अवश्य आउँदछ

ए! एक जोडी कैला आँखाहरू
बुद्धले पनि भनेका थिए
र अङ्ग्रेजीमा पनि भन्छन्

ए! एक जोडी कैला आँखाहरू
मैले भनेको होइन, आईन्सटाईनले प्रतिपादन गरे क्यार 
“प्रत्येक कार्यको समान र विपरीत प्रतिक्रिया हुन्छ भनेर

ए! एक जोडी कैला आँखाहरू
गलत कार्यहरूका ढिलै भए पनि   
विपरीत प्रतिक्रिया त आउने नै रहेछ

हे! एक जोडी कैला आँखाहरू
सुनमा तल्पतियेर, सोमरसमा मातिएर
घरलाई बिर्सिएर सधैँ मस्त जो रह्यौ

ए! एक जोडी कैला आँखाहरू
घरलाई, र घरका सदस्यहरूलाई
जुन विकृत व्यवहार गर्‍यौ

ए! एक जोडी कैला आँखाहरू
तिमीहरूले घरका मन पेट
भर्खर बिसौँ वर्ष मात्र टेकेकोलाई दियौ

हे ! एक जोडी कैला आँखाहरू
विडम्बना सल्लाह सुझाव
गलत व्यक्ति बाट लियौ

हरे! एक जोडी कैला आँखाहरू
तिनको कुरामा लागेर
सिसीका सिसी ओल्ड दरबार पियौ

दैव ! एक जोडी कैला आँखाहरू
तिमीहरूले गर्नु सम्म
गर्न नहुने कार्यहरू गरेऊ

ए! एक जोडी कैला आँखाहरू
गरेका गल्तीहरू यही खेप्नु पर्छ
“राधे, राधे“ मा नाचेर मेटिँदैन

हरे! ती एक जोडी कैला आँखाहरू
दुख: पाएका तिमीहरूले???
अचम्म भो, परेली हराए कि नानीमा मोती बिन्दु भो ?

ए, एक जोडी कैला आँखाहरू!
हे, एक जोडी कैला आँखाहरू!!
हरे, एक जोडी कैला आँखाहरू!!!

बि. स. २०७७, २२ गते तदनुसार  मार्च २०२१ को रोज ६ को बिहान ०३:०० बजे देखि ०५:३० बजे सम्म, केरमेर गरिएका केही शब्द सञ्जालहरूको “खेस्रा” सङ्ग्रह!

जय चन्द्रसुर्य।

#शुक्खावताश #प्रत्यझ #देखिने #हाँसो #थुतुनो #मानसिकता #मनसाय #कुटिल #अश्लील #फेकबुक #बिचार #नेपाल  #नेपाली #भेदभाब #भूत #भबिस्य #कुरो #चुरो #अन्ततोगत्वा

#dryair #fakebook #thought #mentality #cruel #marooned #nepal #nepali #thought #rough #lost

Leave a comment